images
images
  • आईसीसी विश्वकप लिग– २: ओमानमा नेपालको विजयी सुरुवात

    काठमाडौं– ओमानमा जारी आईसीसी विश्वकप लिग- २ अन्तर्गत आज नेपालले क्यानडालाई हराउँदै विजयी सुरुवात गरेको छ । नेपालले क्यानडालाई २४ रनले हराएको हो ।

    नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा अलआउट भएर जम्मा २११ रन बनाउन सक्यो ।

    क्यानाडाका लागि आरोन जोनसोनले ४४, समित गोहेलले ३५ रन जोडे । अखिल कुमार ३० रनमा नटआउट रहे ।

    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रनको योगफल तयार गरेको थियो ।
    नेपालको लागि पूर्वकप्तान रोहित पौडेलले आफ्नो तेस्रो ओडीआई शतक पूरा गर्दै १२६ बलमा १०१ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए ।

    नेपालको लागि गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए ।

    क्यानडाको लागि बलिङतर्फ अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए ।

    उक्त खेलमा शतक रन प्रहार गर्ने नेपालका पूर्वकप्तान रोहित म्यान अफ द म्याचले पुरस्कृत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images