काठमाडौं– अहिले विश्व फुटबलमा हेरी केनको चर्चा छ । पछिल्ला वर्षहरूमा इङ्लिस टीमको प्रदर्शन केनको सेरोफेरोमा रहेको छ । इङल्यान्डलाई विश्वकप फाइनलमा प्रवेश गराउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका केनको विकल्प सो टोलीमा छ या छैन भन्ने बहस व्यापक रूपमा उठ्ने गरेको छ ।
वायरन म्युनिखका स्ट्राइकर केनले चेक गणतन्त्रसँग यही मंगलबार भएको खेलमा २ गोल गरे । सो खेलमा उनको टोली ३-० ले विजयी भयो । १२५ खेलमा ९१ गोल गरेका उनी इङल्यान्डका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको रूपमा आफूलाई स्थापित गर्न सफल भए ।
साथै ३३ वर्षको उमेरमा पनि राष्ट्रिय टोलीमा रहेका उनी अहिले पनि उत्तिकै प्रभावकारी खेलाडीको रूपमा परिचित छन् ।
अर्को युरोपेली च्याम्पियनशिप आयोजना हुँदा उनी ३५ वर्षका भइसकेका हुनेछन् । त्यस समयमा उनको उपस्थितिका बारे अहिले नै धेरै चर्चा–परिचर्चा हुन थालेको छ ।
अहिले केनपछिको स्टार को भन्ने पनि प्रश्न उठ्न थालेको छ । वेलिङघमलाई उनको सही उत्तराधिकारी मान्ने पनि धेरै छन् । रियल म्याड्रिडका उनको खेल स्तर उत्तिकै छ । तथापि केनकै विकल्पको रूपमा रहने या नरहने भन्ने अनिश्चित नै छ ।
बेलिङघमले भने रियल म्याड्रिडका सुरुवातका नौमध्ये सबै खेल खेलेका छन् । उनकै सहयोगमा भिनिसियस जुनियर र रोड्रिगोले सानदार प्रदर्शन गरिरहेका छन् ।
डोमिनिक क्लाभर्ट लेविसलाई भविष्यको विकल्पको रूपमा हेरिएको छ । उनले ४० प्रिमियरशिप खेलमा १७ गोल गरेका छन् । उनलाई छाड्ने हो भने इङ्लिस टोलीमा सेन्टर फरवार्डको अभाव प्रस्ट झल्कन्छ ।
नटिङघम फरेस्टका लियाम डेलप र इप्सविचका चुवा एकपमले यस सिजनमा एक गोल गरेका छन् । यस सिजनको प्रिमियरशिपमा अहिलेसम्म कुनै इङ्लिस स्ट्राइकरले स्ट्राइक गरेका छैनन् ।
इङ्लिस टोलीमा विस्तारै डेनी वेलब्याक पनि बिदा हुने अनुमान गरिएको छ । उनी ३५ वर्षका भइसकेका छन् ।
इङ्लिस टोलीमा केही विकल्प भने देखिन थालेका छन् । अस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जो केनका हेर्न लायक खेलाडीको रूपमा छन् । २१ वर्षीय विल लान्केसेयर अर्का विकल्प हुन सक्ने अनुमान अहिल्यै गरिन थालेको छ ।
–एजेन्सीहरुको सहयोगमा






















