images
images
  • क्यान बोर्ड सदस्यबाट नौ दिनमै हटाइन् गुञ्जन शाह

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध गुञ्जन शाहलाई नियुक्त भएको नौ दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएको छ ।

    ‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो ।

    ‎गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि जनाइएको थियो ।
    ‎
    ‎क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिमा प्रश्न उठाइएको थियो ।
    ‎
    ‎राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्तिबारे आलोचना सुरू भएको थियो ।
    ‎
    गुञ्जनले ‎आफ्नो नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई बुझाउँदै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images