काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधवार राती भएको खेलमा साबिक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले म्यानचेस्टर सिटीलाई उसकै भूमिमा गएर ४–२ ले हरायो । लगातार दुई पटकको च्याम्पियन पिएसजी मध्यान्तरसम्म ३–० ले अघि थियो । सन् २०२५ को फाइनलमा इन्टर मिलानलाई ५–० हराएको पिएसजीले यस अघि आर्सनलसँग पनि त्यत्तिकै दमदार खेलेको थियो ।
फुटबल विज्ञ क्रिस सुटोन पिएसजी फरक तहमा पुगेको बताउँछन् । सिटीलाई त खेलको धेरै समय पिएसजीले दुख नै दिएको थियो ।
घरेलु भूमिमा पिएसजीको सुरुवात त्यत्ति राम्रो छैन, जसरी च्याम्पियन्स लिगमा सिटीको छ । म्यानचेस्टरको खेल अगावै उसका प्रशिक्षक लुइस इनरिक्युले आफ्नो टोली कसैबाट रोक्न नसकिने भन्दै प्रतिक्रिया दिएका थिए ।
घरेलु भूमिमा भने फरक कथा छ । सिटीले सानदार प्रदर्शन गर्दै अग्रता कायम गरेको छ । पिएसजी भने छैटौँ स्थानमा छ । यो पहिलो स्थानमा रहेको मोनाकोसँगको ३ अङ्कको मात्र फरक हो ।
सन् २०२३ मा इनरिक्यु आउनु अघि पनि पिएसजीले राम्रो लगानी गरेको थियो । इनरिक्युको उपस्थिति पछि उनले मनोवैज्ञानिक उत्साह प्रदान गरेका छन् । युवा खेलाडीहरूले निखारिए पछि बलियो टोलीको विरुद्धमा त उनीहरूको प्रदर्शन झनै सनसनीपूर्ण हुने गरेको छ ।
संसारको इतिहासमा कुनै फुटबल क्लबका केही यस्ता समय थिए, जुन समय र त्यस समयमा उनीहरूले गरेको प्रदर्शनको सधैँ चर्चा हुने गरेको छ । सन् १९६३ देखि १९६५ सम्मको इन्टर मिलानको प्रभाव त्यस्तै मददार थियो । त्यस अघि सन् १९६० देखि १९६२ सम्म बेनफिकाको उपस्थिति त्यत्तिकै बेजोड थियो । त्यस समयमा क्लबका प्रशिक्षक बेला गटमयानले सिनियर खेलाडीलाई बर्खास्त गर्दै युवा खेलाडीलाई स्थान दिएका थिए । उनको यसै कदमका कारण सो क्लबको भाग्य फेरिएको हो ।
सन् १९७३ देखि १९७६ सम्म भने वायरन म्युनिखको विजयी काल हो । स्टार गोलरक्षक सेप मेयर, रक्षक फ्रेन्च बेकनबउर र गर्ड म्युलर समावेश टोली अपराजित झैँ थियो । बेकनबउरका अनुसार टोलीको पिक समय एथलेटिको म्याड्रिडलाई फाइनलमा हराएको पहिलो युरोपियन कपको उपाधि जितेको ताका हो । उनले यो बताए पनि सो उपाधि भन्दा पछि पनि म्युनिखको सोही टोलीले थुप्रै सफलता पाएको थियो ।
सन २००८ देखि २०१२ स्पेनिस फुटबलका लागि मात्र होइन बार्सिलोनाको हकमा समेत स्वर्ण युग मानिन्छ । पेप गुहार्डीओलाको टोली बार्सिलोनाले ३ सिजनमा दुई पटक युरोपेली च्याम्पियन भएको थियो । एक पटक भने होसे माउरिन्होको इन्टर मिलानले बार्सिलोनालाई रोकेको थियो ।
जाभि, आन्द्रे इनेस्टा र सर्जियो बास्क्युट मात्र होइन सुपर स्टार लियोनेल मेसीको समेत बार्सिलोनाले साथ पाएको थियो ।
सन १९८८ देखि १९९५ सम्म एसी मिलानको युग त झन् भंयकर थियो । सन् १९८९ र ९० मा लगातार दुई पटक युरोपियन कपको उपाधि जितेको सो टोलीले सन् १९९४ मा जोन क्रुफको बार्सिलोनालाई समेत हराएको थियो ।
तिन जना डच स्टार रुड गुलिट, मार्को भान बास्टन तथा फ्रान्क राइकार्ड सो समयका मिलानका आकर्षक थिए । इटालियन राष्ट्रिय टोलीका जब्बर रक्षक फ्रान्को बोरेसी र पाउलो माल्दीनीको साथमा अलेक्जान्द्रो कोस्टुकोर्ता पनि सोही टोलीमा थिए । सन् १९८९ मा उदाएको एसी मिलानको ओरालो यात्रा सन् १९९५ को च्याम्पियन्स लिगको फाइनलमा आयाक्ससँगको हार पछि सुरु भएको हो ।
लगातार लामो समय विश्व फुटबलमा सनसनी फैलाउने टोली भने लिभरपुल हो । सन् १९७६ देखि १९८४ सम्म लिभरपुलको प्रभाव बेजोड थियो । यस बिचको ८ युरोपियन कप मध्य सात पटक लिभरपुलले उपाधि जितेको थियो ।
सन् २०१३ देखि २०१८ सम्म रियल म्याड्रिडको साख पनि त्यस्तै थियो । यस बिचमा रोनाल्डो टोलीका मुख्य आकर्षण थिए । सन् १९६८ देखि १९७३ सम्मको आयाक्स तथा सन् १९५५ देखि ६० सम्मको रियल म्याड्रिड उत्तिकै सफल फुटबल क्लब मानिन्छन् । अहिलेको पिएसजी सोही बाटोमा जान्छ या जाँदैन धेरै फुटबल समीक्षकको चासोको विषय हो । तथापि अहिलेको पिएसजीको फर्म भने सानदार छ नै ।
लन्डन एजेन्सी




















