images
images
  • भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

    काठमाडौं– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।

    वनबासाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुको उद्धार गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ देखि १६ वर्षसम्मका रहेको जनाएको छ । जसमा बालक १६ र बालिका ९ जना रहेका छन् ।

    हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ र अछाम जिल्लाको एक गरी जम्मा २५ जनाबालबालिकालाई पढाइदिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको परिषद्ले उल्लेख गरेको छ ।

    उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको बताइन्छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकालाई गैरकानूनी ओसारपसार गर्न नपाइने मौलिक हकको संवैधानिक व्यवस्था छ ।

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (४) को उपदफा (२) को खण्ड (ख) मा अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी वा शक्तिको दुरुपयोग गरी विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई मानव ओसारपसार गरेको मानिन्छ ।

    त्यसप्रकारको गैरकानुनी काम गर्नेलाई नेपालमा भए १ वर्षदेखि २ वर्षसम्म कैद र विदेशमा लगेको भए २ वर्षदेखि ५ वर्षसम्म कैद हुने सजायको कानुनी व्यवस्था छ ।

    बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत बालबालिकालाई आफ्ना बाबुआमाबाट अलग गर्न नपाइने र पारिवारिक वातावरणमै हुर्कन पाउने अधिकार सुनिश्चित गरेको छ ।

    सरकारी निकायको स्वीकृति बेगर बालबालिकालाई गैरकानुनी रुपमा विदेश (भारत) लैजाने व्यक्तिलाई  प्रचलित कानुनबमोजिम कारबाही गरी बालबालिकालाई सुरक्षित रुपमा परिवारमा पुनर्मिलन गराउन सम्बन्धित सबैमा परिषद्ले अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images