काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै तेहरानसँग वार्ता र सञ्चार जारी रहेको खुलासा गरेका छन् ।
‘न्युजम्याक्स’ समाचार सञ्जालसँग शुक्रबार भएको अन्तर्वार्तामा उनले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका हुन् ।
इरानका आणविक तथा अन्य सुविधामाथि आक्रमण गर्न ‘मदर अफ अल बम’ (एमओएबी) प्रयोग गर्न सकिने भन्ने समाचारबारे प्रतिक्रिया दिँदै ट्रम्पले उक्त बम आणविक हतियार नभई ठूलो क्षमताको परम्परागत बम भएको बताए ।
उनका अनुसार इरानले अमेरिका र इजरायलका आक्रमण रोक्न औपचारिक रूपमा अनुरोध गरेको छ ।
ट्रम्पले दुवै पक्षबीच वार्ता र सञ्चार जारी रहेको उल्लेख गर्दै चलिरहेको वार्तालाई ध्यानमा राखेर वासिङ्टनले त्यस्ता आक्रमण रोकेको बताए ।
प्रतिक्रिया दिनुहोस्























