images
images
  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८ करोडको कारोबार

    काठमाडौं– नेप्सेमा आज सामान्य वृद्धि भएको छ ।

    आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८ करोड ८९ हजार १०८ मा कारोबार भएको थियो ।

    आज फाइनान्स, लगानी, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    आज, सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर १४.८२ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर १२.४६ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ५.८४ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २० करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी बैंकको १८ करोड २९ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images