images
images
  • सुन–चाँदीको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य घटेको थियो ।

    शुक्रबार मूल्य बढेको हो ।

    आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोे थियो ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images