images
images
  • १ महिनामै भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्स

    काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    यो साउनको तुलनामा ६ अर्ब रुपैयाँ बढी हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।

    भदौसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images