काठमाडौं– सेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ ।
बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६२५ अंकमा पुगेको हो ।
बुधबार २१.३२ अंकले बढेको बजारमा बिहीबार कारोबार रकम पनि बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार बैंकिङ समूह ०.१६ प्रतिशतले घट्दा फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशतले बढ्यो ।
जलविद्युत्, विकास बैंक, होटल तथा पर्यटन र बीमासहित अधिकांश समूहमा वृद्धि देखियो ।
कारोबारमा ७१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटाको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसा पुगेको छ ।
धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र ग्रिन भेन्चर्स अगाडि रहे ।























