images
images
  • आफ्ना नौ कर्मचारी खोज्न प्रहरीले जारी गर्‍यो सात दिने सूचना

    काठमाडौं– लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।

    प्रहरी प्रधान कार्यालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सोमबार सूचना प्रकाशित गर्दै उनीहरूलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

    कार्यालयका अनुसार सम्बन्धित प्रहरी कर्मचारीहरूको खोजतलास तथा प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि अन्तिम पटक सफाइको मौका दिइएको हो ।

    सूचनामा तोकिएको सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने जनाइएको छ ।

    हेर्नुहोस् सूचना–

    police

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images