काठमाडौं । नेपाल प्रहरीले विभिन्न चार वटा पदमा ३३४ जनाका लागि भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले जनपदतर्फ प्रहरी सहायक निरीक्षक (असई) २११ जना, प्रहरी कार्यालय सहयोगी (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहयोगी (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचीकार) २५ जनाका लागि भर्ना आह्वान गरेको हो ।
असई र कार्यालय सहयोगी पदमा भर्ना हुन इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ । असई पदका दरखास्तवालाले भने ‘ओआरएमएस अनलाइन’ माध्यमबाट आवेदन दिनुपर्ने विज्ञापनमा उल्लेख छ ।
अनलाइन माध्यमबाट दरखास्त दिनेहरूको दरखास्त संकलन, वितरण तथा दर्ता राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दीपायल र महाराजगञ्ज काठमाडौंबाट गरिने छ । यस्तै, प्रहरी कार्यालयतर्फ विराटनगर, राजविराज, दुधौली, पोखरा र बुटवलबाट दरखास्त संकलन, वितरण तथा दर्ता गरिने छ ।
विस्तृतमा हेर्नुहोस् विज्ञापन–




११ लाख अमेरिकी डलर ‘फिक्स्ड डिपोजिट’ गर्न प्रहरीले माग्यो बैंकहरूसँग प्रस्ताव


विश्व खबर 



















