images
images
  • ११ लाख अमेरिकी डलर ‘फिक्स्ड डिपोजिट’ गर्न प्रहरीले माग्यो बैंकहरूसँग प्रस्ताव

    काठमाडौं– नेपाल प्रहरीले ११ लाख अमेरिकी डलर मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) का लागि बैंकहरूसँग प्रस्ताव माग गरेको छ ।

    प्रहरी कल्याण कोषमा रहेको करिब १६ करोड ८८ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्न ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरिएको हो ।

    नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार कोषको नाममा विभिन्न बैंकमा रहेको साधारणतर्फको उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दती निक्षेपका रूपमा नवीकरण तथा लगानी गर्न लागिएको हो ।

    मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, प्रस्तावित ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि स्पष्ट उल्लेख गरी यही असोज ६ गतेसम्ममा सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    suchana 2083 05 31 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images