काठमाडौं– यसबेला महाभियोग प्रस्तावको चर्चा भएपनि प्रतिनिधिसभा नियमावली २०८३ अनुसार त्यसको छिनोफानो सजिलो छैन। महाभियोग प्रस्ताव पारित गर्नका लागि बढीमा ५ महिना लाग्ने छ।
महाभियोग प्रस्तावका लागि सबैभन्दा पहिलो कुरा दुईतिहाई संख्या हो। संसदमा अहिले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जम्म संख्या १ सय ८२ छ । यसमा सभामुखको मत प्रयोग हुँदैन। सभामुख सहितको गणना गरेर यो संख्या १सय ८२ भएको हो।
सबैधानिक निकायका प्रमुख वा पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई आवश्यक पर्छ । प्रतिनिधिसभामा अहिले कायम रहेको २ सय ७५ संख्या कायम छ। त्यस अनुसार १ सय ८४ आवश्यक पर्छ । सत्ता पक्षका सबै सांसदले महाभियोगको पक्षमा मतदान गरे। भने बाँकी ३ सांसद अरु थप चाहिन्छ। यसका लागि अन्य कुनै पार्टीको सहयोग बिना पारित हुदैन महाभियोग प्रस्ताव ।
प्रतिनिधिसभाका १ चौथाई सदस्यहरुले महाभियोग प्रस्ताव दर्ता गर्न सक्छन। महाभियोग ठिक हो कि होइन भन्ने कुरा प्रतिनिधिसभाका ३ वा त्यो भन्दा बढी सदस्यले प्रस्ताव पेश गर्ने छन् ।
त्यसपछि त्यसलाई संसदमा पेश गरिने छ । त्यसपछि संसदले महाभियोग सिफरिस समिति गठन हुने छ। त्यसको संख्या ११ हुने छ। समितिले तीन महिना भित्र यो प्रतिवेदन सभामुख समक्ष बुझाउने छ ।
त्यसपछि त्यसलाई प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गरिने छ। निर्णयार्थ पेश गर्दा हस्ताक्षरका आधारमा यसको मत जम्म हुने छ।
यो सबै प्रक्रिया प्ुरा गर्नका लागि करिव पाँच महिना लाग्दछ।






















