images
images
  • न्यायाधीशबारे प्रकाशित समाचारको विषयमा छानबिन गर्न फुलकोर्टको माग

    काठमाडौं– प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोट) ले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सबैमा आग्रह गरेको छ ।

    अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गरी सत्य र तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

    पूर्ण बैठकले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता र सहयोग गर्न अदालत प्रतिबद्ध रहेको जनाएको छ ।

    sarbochha bigypait

    प्रतिक्रिया दिनुहोस्
    images
    images