images
images
  • स्मार्टसेल र एनसेल प्रकरणका समाचारप्रति सीआईबीले के भन्यो ?

    काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी तथा एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसँग जोडिएको अनुसन्धानबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सीआईबीले हिजो बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरणलगायत विषयमा अनुसन्धान जारी रहेको भन्दै अप्रमाणित विषयलाई आधार बनाएर भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

    सीआईबीका अनुसार स्मार्टसेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी राज्यको हक टुटाएको तथा एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसँग सम्बन्धित कसुरबारे अनुसन्धान गरी मुद्दा सम्बन्धित जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

    CIB

    प्रतिक्रिया दिनुहोस्
    images
    images