काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन समितिका अनुसार हालसम्म कुल चार हजार ६८९ मत गणना भइसकेको छ ।
पछिल्लो मतपरिणामअनुसार वासना थापाले सर्वाधिक तीन हजार ४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले दुई हजार ६४७ मत र निमा गिरीले दुई हजार ६२० मत ल्याएर उनलाई पछ्याइरहेकी छिन् ।
१५ जना खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् ।
अगाडि रहेका १५ उम्मेदवारको मतपरिणाम–
- वासना थापा: ३४८४ मत
- उर्मिला थपलिया: २६४७ मत
- निमा गिरी: २६२० मत
- कुसुमदेवी थापा: २१२९ मत
- धना कुमारी खतिवडा: २१२५ मत
- अनिता देवकोटा: १९३० मत
- विनिता खड्का: १८९२ मत
- लक्ष्मी पाण्डे: १७७२ मत
- सृजना अधिकारी: १७६२ मत
- मुना भुसाल: १६३२ मत
- चिनी पोखरेल चिनु: १५६४
- रिता थापा मगर: १५१०
- कल्पना तिवारी: १५०९
- गङ्गा दाहाल: १४९२
- कान्तिका सेजुवाल: १४८१
प्रतिक्रिया दिनुहोस्





















