काठमाडौं – सांसद खगेन्द्र सुनारको नाम जोडिएर संसदीय समितिमा परेको उजुरी प्रकरण फिल्मी शैलीमा रुपान्तरण भएको छ। सुनारले उजुरी कर्तालाई सिंहदरवार छिर्न नदिने अनेक तानावाना बुनेको पीडितहरुले बताएका छन् । हिन्दी सिनेमामा मुद्धा जित्नका लागि बिरोधी साक्षीलाई बाटोमा रोक्ने, अपहरण गर्ने र खोला वा नदी पार गर्ने पुल भत्काईदिने दृष्य नौला होइनन् ।
सुनारका उजारीकर्ताले यस्तो घटना भोग्नु परेको त देखिएन। तर त्यो भन्दा पनि खतरानक र रहस्यमय तारिकाले उजुरी कर्तालाई सिंहदरबार प्रवेशमा रोक लगाएको हुनसक्ने धेरैले बताएका छन् ।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा विभिन्न गम्भीर आरोपसहित उजुरी परेको छ। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइरहेका बेला सुनारविरुद्ध दर्जनौँ आरोप समेटिएको उजुरी परेको हो।
उजुरीमा प्रस्तावित राजदूत सुनार सांसद तथा अभियन्ता खगेन्द्र सुनारका पार्टनर रहेको र उनीहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ।
उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी रकम असुली गरेको र उक्त रकमको व्यवस्थापन गिरी बहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ। सो रकम परिवारका विभिन्न सदस्यको बैंक खातामा राख्ने गरिएको आरोपसमेत उजुरीमा लगाइएको छ।
त्यस्तै, पद दिलाउने र प्रहरीको उच्च तहमा बढुवा गराउने नाममा रकम लिएको आरोप पनि उजुरीमा उल्लेख छ। खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै एक व्यक्तिबाट ५० लाख रुपैयाँ लिएको दाबी गरिएको छ।
नेपाल प्रहरीका एआईजी डम्बर बहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोपसमेत उजुरीमा लगाइएको छ। सुरुमा ५० लाख रुपैयाँ माग गरिएको र पछि ३३ लाख रुपैयाँ लिएर बढुवा गराइएको दाबी उजुरीमा गरिएको छ।
प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफ्नो पहुँचको दुरुपयोग गरी अदालतमा पेस भएको प्रमाणसमेत प्रभावित बनाएको आरोप उजुरीमा लगाइएको छ। जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पेस गरिएको लामो अडियो प्रमाण हटाएर छोटो अडियो राखिएको दाबी उजुरीमा गरिएको छ।
उजुरीमा खगेन्द्र सुनारमाथि जबरजस्ती करणी, अवैध गर्भपतन तथा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट गरेको जस्ता गम्भीर आरोपसमेत लगाइएको छ। यस्ता त्यस्तै, ठगी गरेको रकम फिर्ता माग्ने वा आफूहरुविरुद्ध बोल्ने व्यक्तिलाई गुण्डा नाइकेमार्फत धम्क्याउने गरेको दाबी पनि उजुरीमा गरिएको छ।
उजुरीकर्ताले गिरी बहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्नु अघि उनीमाथि लगाइएका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। आपराधिक तथा नैतिक प्रश्न उठेका व्यक्तिलाई कूटनीतिक जिम्मेवारी दिँदा नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्न सक्ने भन्दै सुनारलाई राजदूत पदमा अनुमोदन नगर्नसमेत माग गरिएको छ।
संसदीय सुनुवाइ समितिले अब प्रस्तावित राजदूत सुनारविरुद्ध परेको उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउनेछ। उजुरीमा लगाइएका आरोपको सत्यता भने सम्बन्धित निकायको छानबिन तथा कानुनी प्रक्रियाबाट स्पष्ट
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीहरूको सुनुवाइ प्रक्रिया अघि बढाउन खोज्दा उजुरीकर्ताहरूको अनुपस्थितिले यसमा चुनौती थपेको छ।
विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीको विषयमा छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको हो। १३ वटा राष्ट्रका लागि प्रस्तावित राजदूतहरूविरुद्ध चारजना व्यक्तिबाट ७ वटा उजुरी परेकोमा अधिकांश उजुरीकर्ता बैठकमा उपस्थित भएनन्।
समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ताहरू सम्पर्कविहीन भएका छन्। समितिको पटक–पटकको प्रयासका बाबजुद उनीहरू उपस्थित नभएपछि समितिले यसबारे गम्भीर चासो व्यक्त गरेको छ। भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू उपस्थित हुन नसक्ने जनाउँदै समिति समक्ष उजुरी पढेर सुनाउन आग्रह गरेकी छन्।
बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाका विषयमा समेत बहस भएको छ। कानूनी व्याख्यासम्बन्धी ऐनअनुसार बिदाको दिनपछि सूचना गणना गर्दा प्रभावकारी समय कम हुने भएकाले कार्यालय समयलाई ध्यानमा राखेर आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ।
सभापति श्रेष्ठले नागरिकहरूलाई जानकारी गराउन र उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम तथा संसद सचिवालयको वेबसाइटमा सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिए।























