काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारको बागमती प्रदेशका महिला पूर्वराज्यमन्त्रीसँग भएको अडियो प्रकरणमा कांग्रेस नेता प्रकाशशरण महत पनि तानिएका छन् ।
लिभिङ टुगेदरमा रहेकी पूर्वराज्यमन्त्रीसँग भएको फोन वार्ताको अडियोमा खगेन्द्रले ‘त्यो प्रकाशशरण को हो ? त्यसलाईपनि ठीक पार्छु’ भनेको सुन्न सकिन्छ । तर त्यसबाहेक अडियोमा महतसँगको थप विषय के हो भन्नेबारे खुलाइएको छैन ।
तर पूर्वराज्यमन्त्रीसँग आफ्नो सम्बन्धका बीच कांग्रेस नेता आएपछि रास्वपा सांसद सुनार बिच्किएको बताइन्छ । प्रकाशशरणकै आडमा आफूलाई इग्नोर गरेपछि सांसद सुनार पूर्वराज्यमन्त्रीसँग आगो भएको स्रोतको दावी छ ।
यसैबीच मंगलबार अडियोमा वार्ता भएकी महिला र सांसद सुनुवारबीच मुद्दा सल्टाउन गोप्य ‘डिल’ भएको स्रोतले बतायो । मंगलबार दाङ पुगेका सांसद सुनार यही प्रकरण मिलाउन काठमाडौं फर्किएको स्रोतको दाबी छ । ती महिलाले लिएको ४६ लाख रुपैयाँ सुनारले फिर्ता नलिने डिलसहित यो प्रकरण गुपचुप बनाउन खोजिएको स्रोतको भनाइ छ ।
सो रकम सुनारले फिर्ता नलिने भएपछि पूर्वराज्यमन्त्रीले पनि कहीँकतै कुनै उजुरी नगर्ने आपसी सहमति भएको बताइएको छ ।
यस्तो प्रकरणमा जाहेरीविना कुनै कानुनी प्रक्रिया अगाडि बढाउन मिल्दैन ।
सुनारले अडियो वार्तामा ८ बजेसम्म पैसा ठीक पार्न पूर्वराज्यमन्त्रीलाई चेतावनी दिएका थिए । पूर्वराज्यमन्त्रीले ‘तपाईं मलाई बुढी बुढी पनि भन्नु हुन्छ, नाङ्गो भिडियो पनि बनाउनुहुन्छ भनेको उक्त अडियोमा सुनिन्छ ।
मंगलबार दिनभरि चर्किएको उनीहरुबीचको विवाद साँझ मिलापत्र भएको स्रोतले दाबी ग¥यो । तर सो मिलापत्रउपर जेनजी अभियान्ताहरुले आपति जनाएपछि मिलापत्र सामसुम पारिएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानले रास्वपा सांसद खगेन्द्र सुनारलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । सुनारले एक महिलालाई बिहेको प्रलोभनमा पारेर अनैतिक सम्बन्ध राखेको र अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको व्यहोराको अडियो संवाद सार्वजनिक भएपछि अभियानले एक विज्ञप्ति जारी गर्दै पाँच बुँदे माग राखेको हो ।
‘जनताबाट निर्वाचित जनप्रतिनिधि संसद्को गरिमा, पदको मर्यादा र सार्वजनिक जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ’, पत्रमा भनिएको छ, ‘सार्वजनिक अडियोमा सुनिएको संवादअनुसार एक महिलालाई अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए अश्लील भिडियो सार्वजनिक गरिदिने र ज्यानसमेत लिने आशयका अभिव्यक्ति दिइएको आरोप अत्यन्त गम्भीर, आपत्तिजनक र निन्दनीय छन् ।’
अभियानले कसैको अश्लील भिडियो बनाएर पैसाको बार्गेनिङ गर्नु सामान्य विषय नभएको निष्कर्षसहित पीडित महिलाको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा अघि भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई आफ्नो राजनीतिक शक्ति, सामाजिक हैसियत वा सार्वजनिक पदको आडमा कानुनभन्दा माथि रहने छुट हुन सक्दैन, पीडित महिलाको सुरक्षा, गोपनीयता र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’
सांसद सुनारलाई तत्काल निलम्बन गरी अडियोबारे निष्पक्ष छानबिन गर्नुपर्ने, अनुसन्धानबाट कसुर पुष्टि भएमा राजनीतिक दबाब र प्रभावमा नपरी प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने, पीडित महिलाको सुरक्षा, गोपनीयता र न्यायको सुनिश्चित गर्नुपर्ने अभियानको माग छ ।
यी पनि पढ्नुस्–
उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म
सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन, औपचारिक कार्यक्रममा प्रतिबन्ध
बागमतीकी पूर्वसांसदसँग ‘लिभिङ टुगेदर’ मा थिए सुनार, पक्राउ गर्न प्रहरी ‘स्ट्यान्ड बाई’
२४ घण्टाभित्रै स्पष्टीकरण दिन सांसद खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
विवादास्पद अडिओ एआई भएको रास्वपा सांसद खगेन्द्र सुनारको दाबी (भिडिओसहित)
विपीनको विज्ञप्तिले उब्जाएका नौ प्रश्नः छताछुल्ल विषयको आन्तरिक छानबिन ?






















