images
images
  • आज कर्णाली र सूदुरपश्चिममा आंशिक वर्षा हुने, अन्य कुन ठाउँको मौसम कस्तो ?

    काठमाडौं– हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले देशको विभिन्न भागमा फरक–फरक मौसम पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    बाँकी हिमाली पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भएको छ ।

    आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    त्यस्तै, आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images