काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायम राखेका छन् ।
दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पछिल्लो अपडेट अनुसार पाँच हजार ८९ मत गणना हुँदा खतिवडाले दुई हजार १७८ मत प्राप्त गरेका छन् भने शिवाकोटीले एक हजार ५५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, डिल्लीराम सुवेदीले एक हजार ३३०, देवेन्द्रराज कँडेलले १ हजार १२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत पाएका छन् ।
यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् । सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्





















