विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘७१औँ प्रहरी दिवस २०८३’ को अवसरमा मोरङको विराटनगर महानगरपालिका–९ पञ्चमुखी हनुमान मन्दिर प्राङ्गणमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानियवासी, संचारकर्मी तथा बिभिन्न कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १३६ जनाले रक्तदान गरेको जानकारी उनले दिए ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम, धनकुटामा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासी समेत गरी ७० जनाले रक्तदान गरेको उनले बताए ।





















