images
images
  • के फेरि दोहोरिन लागेको हो प्लेग महामारी ?

    काठमाडौं– विश्वमा विभिन्न समयमा विभिन्न किसिमका महामारी फैलने गरेका छन् । चौधौं शताब्दीमा प्लेगको महामारी फैलिएको थियो । सो महामारीले युरोपका एकचौथाइ अर्थात् करिब २ करोड ५० लाख जनाको ज्यान गएको अनुमान छ ।

    ज्वरो आउने तथा बिमिरा आउने र विस्तारै मानिसको ज्यान नै लिने रोग थियो प्लेग । अहिले महामारीको त अन्त्य भइसकेको छ । तथापि त्यो रोग पूर्ण रूपमा निर्मूल हुने सम्भावना भने देखिएको छैन ।

    अहिले संसारले चासो दिएको विषय रुसको साइबेरियामा एक महिला ल्याब टेक्निसियनको मृत्यु चर्चाको विषय बनेको छ । साइबेरियाको इरकुटसेक प्रान्तमा ल्याबमा काम गरिरहेको अवस्थामा डारिया सिपिलिकोभामा निमोनियाको लक्षण देखिएको थियो । त्यसपछि उनमा देखिएका सबै लक्षण प्लेग हुँदा देखिने लक्षणहरूसँग हुबहु मिलेको थियो ।

    उनमा टेस्ट ट्युबमार्फत प्लेग ब्याक्टेरिया सरेको बताइन्छ । प्लेग रहेको मङ्गोलियाको सीमामा भ्रमण गरेका कारण उनमा यो समस्या आएको हुनसक्ने अनुमान छ । सबै कुरा निश्चित भएको छैन । साइबेरियामा २०० जनालाई आइसोलेसनमा राखिएको छ । लामो अध्ययनपछि विज्ञहरूले एउटा कुरा भने ढुक्क गराएका छन्– विश्वव्यापी रूपमा प्लेग फैलने सम्भावना तत्काल छैन ।

    प्लेगको स्वरूप

    Plaugue lab

    प्लेगका तीन स्वरूप हुन्छन् । सबैभन्दा सामान्य स्वरूप बुकोनिक प्लेग हो । यो सङ्क्रमित उपियाँबाट सर्ने गर्छ । मानिसबाट मानिसमा बुकोनिक प्लेग सर्दैन । मानिस यसबाट सङ्क्रमित भएमा गाँठाहरूमार्फत सर्छ । यसले घाउहरू बनाउने गर्छ ।

    प्लेगका ब्याक्टेरिया रगतमा सरेपछि स्पेक्टिसेमिक र न्युमेनिक भर्सनको प्लेगको विकास हुन्छ । न्युमेनिक भर्सन भने एक मानिसबाट अर्को मानिसमा सर्ने गर्छ । यो कफ र थुकमा रहने सानो थोपामार्फत सर्ने रोग हो । यसको लक्षण देखिएको २४ घण्टामा उपचार सुरु नगरेमा मृत्यु हुने सम्भावना प्रबल हुन्छ । सही समयमा यसको उपयुक्त उपचार भएमा मानिस मृत्युको मुखबाट निस्कन सक्छ ।

    अक्सफोर्ड विश्वविद्यालयमा गरिबी सम्बन्धित सङ्क्रमित रोगका विशेषज्ञ पियरे ओलियारो बुबोनिक प्लेगको सुरुवातमै दुई किसिमको उपचार हुन सक्ने बताउँछन् ।

    सन् २०२५ मा पियरे र उनको टोलीले मदागास्करमा गएर बबोनिक प्लेगको औषधिको मेडिकल परीक्षण गरेका थिए । उनले पत्ता लगाएका दुई औषधि पिप्रोफ्लोक्सासिन ९१ प्रतिशत तथा र एमिङ्ग्लाइसाइड ९२ प्रतिशत प्रभावकारी देखिए । लक्षण देखेर शिथिल भएकाहरूमा समेत यो औषधि ८५ प्रतिशत प्रभावकारी देखिएको थियो ।

    कोरोना महामारी भन्दा प्लेग फैलन सक्ने सम्भावना एकदमै न्यून छ । यो लक्षण देखिएमा मात्र सर्ने गर्छ । लक्षण देखिएको २४ घण्टाभित्र प्लेग सर्छ । यसको लक्षण कठिन हुने भएकाले लक्षण देखिने बित्तिकै उपचार सुरु गर्ने तथा आइसोलेसनमा राख्ने सम्भावना बढी हुन्छ ।

    विश्व स्वास्थ्य सङ्गठनकै अनुसार पनि यो रोगको सङ्क्रमण देखिएका जो–कोहीलाई पनि मनिटरिङ गरिएको र अहिलेसम्म कोही पनि बिरामी नपरेको जनाइएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्रले शङ्कास्पद व्यक्तिलाई निगरानी गर्न, क्वारेनटाइन राख्न र उपचारमा ध्यान दिन निर्देशन जारी गरिसकेको छ ।

    गत साता नै विश्व स्वास्थ्य सङ्गठनले यसको जोखिमको बारे अध्ययन गरिसकेको छ । इरकटसेकमा हल्का तथा रुसमा अलि कम र युरोपमा फैलने जोखिम न्यून रहेको ठहर गरिएको छ ।

    Plaugue map

    सो अध्ययनले ल्याबमा काम गर्दा रोग फैलने सम्भावना नरहेको ठहर गरेको छ । उच्चस्तरीय ल्याबमा यस किसिमको सम्भावना नहुने डब्लुएचओको ठहर हो । युनिभर्सिटी अफ बर्मिङघमका जानिया स्टामाटाकीको दाबीअनुसार पीपीईको प्रयोग हुने ती ल्याबमा यस्तो घटना हुने सम्भावना कहिल्यै हुँदैन ।

    १४औं शताब्दीमा भने अवस्था खराब थियो । गरिबीको चपेटामा रहेका कारण भुइँको खानेकुराको पनि प्रयोग हुने गरेको थियो । कालो मुसामार्फत उपियाँ हुँदै धेरै सङ्क्रमण फैलिएको थियो । यतिमात्र होइन मानिसहरू यात्राको दौरान नजिकको दुरीमा रहने गरेका थिए । जहाजमा त महिनौंसम्मको लामो यात्रा गर्ने चलन थियो ।

    अहिले पनि प्लेग रोग निर्मूल भएको छैन । अफ्रिका, एसिया दक्षिण अमेरिका र अमेरिकामा समेत प्लेग अझै छ । अमेरिकामा समेत औसतमा वर्षको ७ जनाको दरले प्लेग भएको व्यक्ति फेला पर्ने गरेका छन् । कहिलेकाहीँ न्युमेनिक प्लेग पनि फेला पर्ने गरेका छन् ।

    सन् २०१७ मा मदागास्करमा २ हजार ४१७ जना प्लेग भएका व्यक्ति फेला परेका थिए । तीमध्ये २०९ जनाको ज्यान गएको थियो । पियरेको मत प्रस्ट छ, ‘फेरि पनि प्लेग महामारीको सम्भावना त छैन । तर हेलचेक्र्याइँ गर्न पनि मिल्दैन ।’

    विगतका महामारी

    Plaugue

    सन् १३३४ देखि १३५३ को बीचमा देखिएको प्लेगलाई पहिलो महामारीको रूपमा लिइन्छ । सन् १९१८ देखि १९२० को बीचमा देखिएको स्पेनिस फ्लुका कारण ५ देखि १० करोड मारिएको इतिहास छ । पहिलो विश्वयुद्धमा सरिक भएर फर्किएका सिपाहीहरूमार्फत स्पेनिस फ्लुले भने धेरैजसो युवाहरूको ज्यान लिएको थियो ।

    सन् १५२० देखि १६०० को बीचमा देखिएको न्यु वर्ल्ड स्मलपक्सले २ करोड ५० लाखदेखि ५ करोडको ज्यान लिएको अनुमान छ । यो युरोपबाट अमेरिका हुँदै संसारका अन्य देशमा फैलिएको थियो ।

    सन् ५४१ देखि ५४९ को बीचमा देखिएको पहिलो पटकको प्लेगको महामारीले पनि ३ देखि ५ करोड मानिसको ज्यान लिएको अनुमान गरिएको छ ।

    सन् १९८१ मा एचआईभी एड्स देखापरेको थियो । यसको कारण पनि २ करोड ७० लाखदेखि ४ करोड ७८ लाखको ज्यान गएको अनुमान छ । यो अहिले पनि सरुवा रोगको रूपमा कायम छ । यसको पूर्ण उपचार नभए पनि लामो समय मानिसको जीवन सही ढङ्गले चल्ने गरेको छ ।

    तेस्रो पटक प्लेगको महामारी सन् १८५५ देखि १८५९ मा चलेको थियो । यो समयमा भने दोस्रोमा भन्दा कम घातक ठहरिएको थियो । त्यस समयमा १ करोड २० लाख जनाको ज्यान गएको अनुमान छ ।

    यसपछि सन् २०१९ मा कोरोना महामारीको सुरुवात भएको थियो । कोरोना महामारीको पनि अन्त्य भइसकेको छैन । विगतमा तीन पटक प्लेग महामारी भए पनि चौथो पटकको सम्भावना भने नरहेको धेरै विज्ञको ठहर छ ।

    – बीबीसी, नेशनल लाइब्रेरी अफ मेडिकल र गाभी डट ओओरजीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images