images
images
  • आज बादल, वर्षा र हिमपातको सम्भावना, भोलिदेखि ‘अर्नब’ को प्रभाव सुरू हुने

    काठमाडौं– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण आज देशका धेरै स्थानमा बादल, वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएका जानकारी अनुसार हाल कोशी, मधेश र बागमती प्रदेश आंशिक बादल लागेको छ र बाँकी प्रदेशमा मौसम सामान्यत: सफा रहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    त्यस्तै, राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी र बागमती प्रदेशका पहाडी भू–भाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार भोलिदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव सुरू हुने छ । त्यसबाट सृजना हुनसक्ने समस्याहरूलाई दृष्टिगत गरी सचेत रहन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images