images
images
  • आजदेखि कात्तिक स्नान सुरू

    काठमाडौं– आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि कात्तिकस्नान र आकाशदीप दान सुरू भएको छ ।

    यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा–अर्चना र आकाशदीप बाल्ने गरिन्छ ।

    कात्तिक महिनामा जसले प्रात स्नान गरेर आकाशदीपको दान गर्दछ भने उ सवै लोकको स्वामी र सम्पतिले सम्पन्न भएर यस लोकमा सुख भोगेर अन्त्यमा मोक्षको प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

    स्नान गर्नका लागि नदी, तलाउ, धारो कुवा आदिमा गएर यो महिनामा प्रात स्नान गर्दछ भने उसले यमराजको यातना कहिल्यै भोग्नु नपर्ने शास्त्रमा उल्लेख छ ।

    आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ । आकाशदीप दान भगवान् विष्ण्ॉलाई समर्पण गरी बाल्ने गरिन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरू हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

    कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images