images
images
  • नेपालको क्रिकेट सँधैं उचाइमा रहोस् : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

    उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनामध्ये एकका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी तथा आयोजकलाई स्वागत र शुभकामना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विकास भएको उल्लेख गरेका छन् । उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताको शुभकामना दिएका छन् ।

    ‘नेपालको क्रिकेट सधैँ उचाइमा रहोस्’ भन्ने भाव व्यक्त गर्दै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको विकास र विस्तारप्रति शुभेच्छा प्रकट गरेका छन् ।

    एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, विदेशी खेलाडी तथा दर्शकको आकर्षण बढाउन र घरेलु खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    Screenshot 2026 10 26 083343

    एनपीएलको तेस्रो संस्करण आजदेखि शुरु हुदैछ । आजदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने तालिका रहेको छ ।

    तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि शुरु हुदैछ ।

    आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ । साथै आधिकारीक च्यानलबाट प्रत्यक्ष खेलहरु हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न क्यानका सचिव पारस खड्काले अपिल समेत गरेका छन् ।

    एनपीएलको उद्घाटनमै अघिल्लो फाइनलको पुनरावृत्ति, उपाधि रक्षाको लक्ष्यमा लुम्बिनी

    प्रतिक्रिया दिनुहोस्
    images
    images