images
images
  • हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात सम्भावना

    काठमाडौं- मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने जनाएको छ ।

    महाशाखाका अनुसार देशको तराई भूभागमा मौसम मुख्यतया सफा हुनेछ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । त्यसैगरी देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।

    त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

    त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images