images
images
  • एनपीएलमा आज दुई खेल हुँदै, यी चार टोलीबीच हुँदैछ भिडन्त ?

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    आज पहिलो खेल अपराह्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले आजको खेल खेल्ने छन् भने कुशल मल्लको कप्तानीमा रहेको चितवनबाट रवि भोपारालगायतका खेलाडी खेल्दैछन् ।

    त्यस्तै अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा मोइन अलीलगायतका खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा मार्क वाट, डेभिड मिलरलगायतका खेलाडी अनुबन्ध भएका छन् ।

    यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको छ ।

    साविक विजेता लुम्बिनी लायन्सको पहिलो खेलमै रवाफिलो जीत

    प्रतिक्रिया दिनुहोस्
    images
    images