काठमाडौं– आज मंगलबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति देशभर आंशिक बादल लाग्नेछ ।
आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी छैन । तथापि, कात्तिक १२ गते (बिहीबार) देखि कात्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















