images
images
  • भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : गमबहादुर श्रीसको बदलिएको जीवन

    काठमाडौं – कुनै समय भूमिगत राजनीतिमा सक्रिय म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको जीवन अहिले कृषि उद्यममा केन्द्रित छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहिसकेका श्रीस अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमार्फत गाउँमै स्वरोजगारको उदाहरण प्रस्तुत गरिरएको छ ।

    दुई दशकभन्दा बढी समय राजनीतिमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर आफ्नै श्रम र लगानीमा कृषि उद्यम सुरु गर्नुभएको हो। उहाँले स्थापना गरेको श्रीस कृषि तथा पशुपन्छी फार्ममा अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उहाँका लागि कृषि केवल जीविकोपार्जनको माध्यम होइन, पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने सम्भावनासमेत हो ।

    “नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीस भन्नुहुन्छ, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ।”

    दुई बाख्राबाट सुरु, अहिले ३० वटा

    श्रीसले छ वर्षअघि करिब एक लाख रुपैयाँ लगानी गरेर दुईवटा बाख्राबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएको थियो। अहिले उनको फार्ममा ३० वटा बाख्रा छन् । खरी र जमुनापारी जातका बाख्रा पाल्दै आएका उनले वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्नेगरेका छन् ।

    व्यवसाय सुरु गर्दा उहाँले विभिन्न चुनौती सामना गर्नुपर्‍यो। ताराखोलाबाट किनेर ल्याएका बाख्रा स्थानीय हावापानीमा अनुकूल हुन नसक्दा क्षति बेहोर्नुपरेको थियो । तर, प्रारम्भिक असफलताबाट निराश नभई उनले व्यवसायलाई निरन्तरता दिए ।

    अहिले फार्मलाई व्यवस्थित बनाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरिएको छ । बाख्रापालनलाई थप व्यवस्थित बनाउँदै उत्पादन र आम्दानी बढाउने उनको प्रयास जारी छ ।

    ३५० सुन्तलाका बोटले थप्यो आम्दानीको आशा

    बाख्रापालनसँगै श्रीसले सुन्तला खेतीलाई पनि विस्तार गरेकोछ । परम्परागत रूपमा खाद्यान्न खेती हुँदै आएको खेतबारीमा उनले ३५० वटा सुन्तलाका बोट लगाएको छ । ती बोटले उत्पादन दिन थालेपछि कृषि उद्यममा अर्को सम्भावना थपिएको छ ।

    सुन्तला खेतीसँगै उनले खाली जमिनमा बाख्राका लागि आवश्यक घाँससमेत लगाएको छ । यसले पशुपालनका लागि दानाघाँसको व्यवस्थापन सहज बनाएको छ। एउटै फार्ममा पशुपालन र फलफूल खेतीलाई जोडेर अघि बढाउँदा उपलब्ध जमिनको उपयोग बढाउनुका साथै उत्पादनका विभिन्न स्रोत तयार गर्न सकिने उहाँको अनुभव छ ।

    सुन्तला बगैँचा विस्तार, व्यवस्थापन र सिँचाइ सुविधाका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना तथा कृषि विकास कार्यालयबाट सहयोग प्राप्त भएको छ । सरकारी निकायको सहयोग र आफ्नै लगानीलाई जोडेर उनले कृषि उद्यमलाई विस्तार गरिरहेको छ ।

    मौरीपालन र माछापालन पनि

    श्रीसले कृषि उद्यमलाई बाख्रापालन र सुन्तला खेतीमा मात्र सीमित राख्नुभएको छैन । उनले मौरीपालनसमेत सुरु गर्नुभएको छ । अहिले उ सँग १६ वटा मौरीका घार छन्। मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान उपलब्ध गराएको छ ।

    सिँचाइका लागि निर्माण गरिएको पोखरीमा उहाँले माछापालन पनि थाल्नुभएको छ । यसरी एउटै कृषि फार्ममा पशुपालन, फलफूल खेती, मौरीपालन र माछापालनलाई जोडेर आम्दानीका सम्भावना विस्तार गर्ने उहाँको प्रयास छ ।

    कृषिका विभिन्न क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउँदा उपलब्ध स्रोतसाधनको उपयोग गर्न र एउटै उत्पादनमा निर्भर रहनुपर्ने अवस्था घटाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

    आफ्नै उद्यमबाट गाउँका किसानलाई प्रेरणा

    श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमा मात्र सीमित नरही गाउँका अन्य परिवारलाई पनि व्यावसायिक कृषितर्फ आकर्षित गरेको छ । उनको अगुवाइमा नमुना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् ।

    बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती तथा गाईभैँसीपालनमा पनि संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमा उत्पादन र बजारको सम्भावना रहेकाले कृषि तथा पशुपालनलाई गाउँमै आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने श्रीसको विश्वास छ ।

    उनका अनुसार पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उचित उपयोग गर्न सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि किसानलाई प्राविधिक ज्ञान, बजारको पहुँच, पूर्वाधार र आवश्यक लगानीको व्यवस्था हुनु महत्त्वपूर्ण हुन्छ ।

    पसलको व्यवसायबाट कृषि कर्मसम्म

    मध्यमवर्गीय परिवारमा जन्मनुभएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोज्नुभएको हो । कृषि व्यवसायमा पूर्ण रूपमा केन्द्रित हुनुअघि उहाँले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गर्नुभएको थियो। अहिले भने उहाँको मुख्य ध्यान कृषि र पशुपालनमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images