images
images
  • ६ महिनापछि सेयर बजारमा छायो हरियाली

    काठमाडौं– साताको चौथो कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से र कारोबार दुवै ६ महिनायताकै वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ ।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक, बैंकिङ र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधबार सात अर्ब ४५ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो । आज आठ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको दुई करोड ३२ लाख ५८ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ ।

    आज पनि घलेम्दी हाइड्रो कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको करिब साढे २५ करोड र लक्ष्मी सनराइज बैंकको कारोबार २४ करोड रुपैयाँ नाघेको छ ।

    बिहीबार बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर मूल्य यस दिन ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्सको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images