images
images
  • सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, प्रत्येक नेपालीको टाउकोमा ऋणभार कति ?

    काठमाडौं– नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्म कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

    यस आधारमा प्रत्येक नेपालीको भागमा एक–एक लाख रुपैयाँभन्दा बढी ऋणभार परेको छ ।

    गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले एक खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण परिचालन गरेको छ । सोही अवधिमा ७७ अर्ब ७४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।

    विनिमय दरमा भएको परिवर्तनका कारण १८ अर्ब १६ करोड रुपैयाँ बराबरको लाभ भएपछि समग्र सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको कार्यालयले जनाएको छ ।

    कुल ऋणमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड र बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ छ । सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत र बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत रहेको छ ।

    कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण २१.३७ प्रतिशत र बाह्य ऋण २४.२२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images