काठमाडौं– बिचौलिया इनम सापकोटासंगको कनेक्सन बाहिरिएपछि चिन्तित प्रधानन्यायाधीश डा. मनोज शर्माले बोलाएको फूल कोर्टको बैठक अर्काे बैठक बस्ने गरि टुंगिएको छ। अर्को बैठक फेरि सोमबार बस्ने छ ।
शुक्रबारको बैठकमा आरोपित न्यायाधीश हरि फुयालका साथै नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल, शारंगा सुवेदी लगायतले आफ्ना कुरा राखे।
बैठकमा सहभागी एक न्यायाधीशका अनुसार बैठकमा सर्वाेच्चवाटै छानबिन समिति गठनको कुरा आयो। संसदले के गर्छ उसको कुरा तर हामी आफै आन्तरिक रुपमा पनि छानविन गरौ भन्ने राय आयो ।
फुयलले इनम आफूहरुसंग प्रधानमन्त्रीको नाम लिएर आएकाले कुरा गरेको भन्दै कुनै प्रभाव वा न्यायिक विचलनको काम नभएको दाबी गरे ।
अन्य न्यायाधीशहरुले प्रश्न उठेका सवै विषयमा छानविन गरेर प्रष्ट पार्न माग गरे।
आगामी सोमबार पुनः फुलकोर्टको बैठक बस्ने गरि न्यायाधीशहरू बेञ्चमा लागे ।
सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको थियोे ।
बैठकमा प्रधानन्यायाधीश डा. शर्मासहित अरु न्यायाधीशहरू सहभागी भए ।






















