काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार घटेर प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको सुन त्यसपछि लगातार बढ्दै बिहीबारसम्म २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो। शुक्रबार भने पुनः मूल्यमा गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















