images
images
  • चक्रवात अर्नवको प्रभाव : काभ्रेको रोशीमा सर्वाधिक वर्षा, सचेत रहन आग्रह

    काठमाडौं– देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६:४९ बजेसम्मको मापनमा काभ्रेपलाञ्चोकको रोशीमा पछिल्लो २४ घण्टामा सबै भन्दा बढी ३३ मिलिमिटर वर्षा भएको छ ।

    विभागका अनुसार कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

    वर्षाको विवरणअनुसार रोशीमा सबैभन्दा बढी ३३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, देशभर वर्षा र हिमपातको सम्भावना

    प्रतिक्रिया दिनुहोस्
    images
    images