images
images
  • विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

    काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ ।

    दिउँसो १ बजेदेखि सिंहदरबारमा बस्ने बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन सम्बन्धमा सञ्चार जगतको भूमिकाबारे छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको पनि बैठक बस्दैछ ।

    बिहान ११ बजेदेखि सुरू हुने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images