काठमाडौं- पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । ‘नेपाल प्रेस’ अनलाइन कार्यालयबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुवेदी समाचार कक्षमा कार्यरत रहेका बेला सादा पोसाकमा आएका प्रहरीहरू कार्यालयभित्रै प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ।
नेपाल प्रेसका अनुसार प्रहरीले पक्राउ पुर्जीविना नै सुवेदीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस विषयमा आधिकारिक रूपमा केही खुलाएको छैन। यद्यपि प्रहरी स्रोतले दिएको जानकारीअनुसार साइबर ब्युरोको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सुवेदीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्






















