images
images
  • भारतको उत्तराखण्डमा पाइलटसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना

    काठमाडौं- भारतको उत्तराखण्डस्थित बदरीनाथ धामबाट देहरादुनको सहस्रधारातर्फ फर्किरहेको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    दुर्घटना जोशीमठ नजिकैको छई गाउँस्थित सैनिक शिविर आसपास भएको बताइएको छ । खराब मौसमका बीच उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो । घटनास्थलमा प्रहरी, विपद् व्यवस्थापन टोली र नागरिक उड्डयन अधिकारीहरू परिचालन भएको बताइएको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र राज्य विपद् प्रतिकार्य बललाई संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको बताएका छन् । पाइलट र यात्रुको अवस्था बारे स्पष्ट भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images