images
images
  • अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

    काठमाडौं – अफ्रिकामा पहिलो ओलम्पिक आयोजना गर्न दक्षिण अफ्रिकाले डर्बन सहरलाई प्राथमिकता दिएको छ । दक्षिण अफ्रिकाले सन् २०३६ वा २०४० को ग्रीष्मकालीन ओलम्पिक तथा पाराओलम्पिक आयोजनाका लागि दाबी (बिड) प्रस्तुत गरिरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति ९आइओसी० ले सन् २०२९ को मध्यतिर सन् २०३६ को ओलम्पिक आयोजक सहरको छनोट गर्नेछ ।

    दक्षिण अफ्रिकाको तेस्रो ठूलो सहर डर्बनलाई अघि सार्ने निर्णयको घोषणा बिहीबार दक्षिण अफ्रिकी स्पोर्ट्स कन्फेडेरेसन, ओलम्पिक तथा प्यारालिम्पिक कमिटीकी कार्यवाहक अध्यक्ष लवान्डिले सिमेलानेले गरेकी हुन्। उनले दक्षिण अफ्रिकाको दाबीका लागि डर्बन मुख्य सहर हुने तर यो सम्भवतः बहुसहरीय दाबी ९मल्टी(सिटि बिड० हुने बताइन्, जसमा केही खेलकुद प्रतियोगिताहरू अन्य सहरहरूमा पनि आयोजना गर्ने प्रस्ताव समावेश गरिनेछ।

    दक्षिण अफ्रिकाका आर्थिक केन्द्रहरू जोहानेसबर्ग र केप टाउनलाई पनि सम्भावित सहरका रूपमा विचार गरिएको थियो ।

    हिन्द महासागरको तटमा अवस्थित र करिब ४० लाख जनसङ्ख्या भएको डर्बनमा एक दशकभन्दा बढी समयअघि (सन् २०१० मा अफ्रिकामा पहिलो पटक फुटबल विश्वकप आयोजना गरेपछ्रि) ओलम्पिक आयोजक सहरका रूपमा चर्चा गरिएको थियो । तर, मुख्यतया लागतसम्बन्धी चिन्ताका कारण त्यतिबेला औपचारिक दाबी अघि बढ्न सकेन । सन् २०२२ को कमनवेल्थ गेम्स आयोजना गर्ने जिम्मेवारी पनि यो सहरबाट खोसिएको थियो किनकि यसले उक्त प्रतियोगिताका लागि आवश्यक आर्थिक वा अन्य किसिमका ग्यारेन्टीहरू प्रदान गर्न सकेको थिएन ।

    अधिकारीहरूले बिहीबार बताएअनुसार यदि दक्षिण अफ्रिकाको दाबी सफल भएमा त्यहाँ ओलम्पिक आयोजना गर्न कति खर्च लाग्छ भन्ने यकिन अनुमान उनीहरूले अहिले नै दिन सकेका छैनन्। उनीहरूले जनाएअनुसार डर्बनको दाबी ५६,००० सिट क्षमता भएको ुमोसेस माभिदा स्टेडियमु मा केन्द्रित हुनेछ, जुन सन् २०१० को विश्वकपका लागि निर्माण गरिएको थियो।

    सन् २०३६ को खेलकुद प्रतियोगिता आयोजना गर्न दाबी प्रस्तुत गर्ने सात राष्ट्रमध्ये दक्षिण अफ्रिका पनि एक हो। अन्य राष्ट्रहरूमा भारत, कतार, दक्षिण कोरिया, जर्मनी, हंगेरी र टर्की रहेका छन्।

    अन्तर्राष्ट्रिय ओलम्पिक समिति ९आइओसी० ले सन् २०३६ को खेलकुद आयोजना गर्न इच्छुक राष्ट्रिय ओलम्पिक समितिहरूलाई आफ्नो दाबी औपचारिक रूपमा प्रस्तुत गर्न अक्टोबर ३१ सम्मको समयसीमा तोकेको छ।

    आधिकारिक दाबी प्रक्रिया सुरु गर्नका लागि उम्मेदवारहरूले अर्को महिना आइओसीसमक्ष भर्चुअल प्रस्तुति दिने अवसर पाउनेछन्। आइओसीका अनुसार मार्च महिनामा एक महत्त्वपूर्ण मिति आउँदैछ, जतिबेला समितिको बोर्डले उम्मेदवारहरूको छनोट सूची ९सर्टलिस्ट० लाई अनुमोदन गर्नेछ।

    यदि दक्षिण अफ्रिकाले आयोजनाको अवसर पायो भने सन् १८९६ मा आधुनिक ओलम्पिकको सुरुवात भएयता ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने यो पहिलो अफ्रिकी राष्ट्र बन्नेछ। अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यस मुलुकले यसअघि केप टाउनमा सन् २००४ को खेलकुद आयोजना गर्न गरेको प्रयास असफल भएको थियो।

    यसै साताको अन्त्यमा सेनेगलको डाकारमा ुयुथ ओलम्पिकु (यूथ ओलम्पिक गेम्स) सुरु हुँदैछः अफ्रिकामा आयोजना हुन लागेको यो पहिलो ओलम्पिक खेलकुद प्रतियोगिता हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images