images
images
  • एनपीएल तेस्रो संस्करणः जनकपुरसँग काठमाडौं ८ विकेटले पराजित

    काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरका लागि मोइन अलीले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।

    यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

    जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादव चम्किएपछि काठमाडौं ११५ रनमै समेटिएको हो ।

    काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । भीमलाई ललित राजवंशीले विकेटकिपर परेराबाट स्टम्पिङ गरेका थिए । यसबाहेक रसिद खानले १७ तथा ओपनर स्मित पटेलले १३ रनको योगदान गरेका थिए । सुमित महर्जनको नाममा १० रन रह्यो ।

    राहुलले चार ओभरमा चार विकेट लिएर ३१ रन खर्चिए । राहुलले महत्त्वपूर्ण खेलाडीहरु साम, स्मित, कप्तान करण र चर्चित अलराउन्डर आदिललाई पेभिलिएन फर्काएका थिए । राहुलले पछिल्लो खेलमा कर्णालीविरुद्ध २ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images