images
images
  • एनपीएल तेस्रो संस्करण: विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको हो ।

    विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाएका थिए । बमले ५२ बलमा ३ छक्का र ९ चौका प्रहार गरेका थिए ।

    त्यस्तै एन्जेलो म्याथ्युजले ३१, आन्द्रे रसेलले २७ रन र बसिर अहमदले १३ रन बनाएका थिए ।

    बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले ४ विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक–एक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images