काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुवै टोलीबीचको खेल सुरु भएको छ ।
काठमाण्डु गोर्खाजले प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । जनकपुरलाई पराजित गर्दै विजयी सुरुआत गर्ने लक्ष्यमा रहेको काठमाण्डुले पहिलो खेलमै चुनौतीपूर्ण प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । यता, जनकपुर भने पहिलो जितको खोजीमा छ । उसले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्





















