काठमाडौं– यामाहाले मध्यपूर्वको परिस्थितिलाई कारण देखाउँदै मोटोजीपीको कतार ग्रान्ड प्रिक्समा सहभागी नहुने जनाएको छ ।
कम्पनीले विश्वव्यापी रूपमा लागू गरेको यात्रा प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी हुन नसकिने स्पष्ट पारेको हो ।
यामाहाले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वको पछिल्लो अवस्थाको पुनर्मूल्याङ्कन गर्दा कम्पनीले यसअघि लागू गरेको विश्वव्यापी यात्रा प्रतिबन्ध परिवर्तन गर्नुपर्ने पर्याप्त आधार नदेखिएको जनाएको छ ।
यता मोटोजीपी आयोजकले भने यामाहाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । उसले विज्ञप्ति जारी गर्दै कतार ग्रान्ड प्रिक्समा सहभागी नहुने यामाहाको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्





















