काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जित्दै बलिङ रोजेका हुन् । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिले ब्याटिङ गर्नेछ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौं प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यता, कर्णाली भने काठमाडौंलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ ।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो ।
यस खेलमा अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर पनि काठमान्डु गोर्खाजबाट मैदानमा उत्रिँदैछन् । वार्नरको सहभागिताले काठमाडौंको ब्याटिङमा थप चासो बढाएको छ ।






















