images
images
  • एनपीएल तेस्रो संस्करण: काठमान्डुले निकाल्यो पहिलो जीत

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो खेलमा काठमान्डु गोर्खाजले पहिलो जीत निकालेको छ । काठमान्डु गोर्खाजले आज तेस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै पहिलो जीत निकालेको हो ।

    काठमाण्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कर्णाली याक्सले १८० रन बनाएको थियो । जसअनुसार १८१ रनको लक्ष्य पछ्याएको काठमान्डुले २ बल बाँकी रहँदै ६ विकेट गुमाएर जीत निश्चित गरेको हो ।

    काठमान्डुका लागि रसिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे ।

    चर्चित अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले नेपाल आएको भोलिपल्टै काठमान्डुका लागि ओपनिङ गर्दै एनपीएलमा डेव्यु पनि गरेका छन् । १० बल खेल्दै ३ चौका हानेका उनी १६ रन बनाएर पेभेलियन फर्किएका थिए । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरे ।
    काठमाण्डूका लागि जहानदान खान र सन्तोष यादवले अविजीत क्रमशः २२ र ५ रनको योगदान दिए ।

    बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेत तलतले २-२ विकेट लिए । मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए ।

    त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । हुसेन तललते ४०, पवन सर्राफले अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे ।

    बलिङतर्फ काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १-१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images