काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल बनाएके हो ।
उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रन बनाए । त्यस्तै डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५–१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा अहिलेसम्म चितवन अपराजित छ । उसले दुई खेल खेल्दा एकमा जित र एक खेलमा अङ्क बाँडेको छ । उता सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ ।





















