काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ९७ रन बनाउन सक्यो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाएका छन् ।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।
जारी एनपीएलमा लुम्बिनी लायन्स अपराजित छ । उसले दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने जीतविहीन छ ।
प्रतिक्रिया दिनुहोस्






















