images
images
  • बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध

    काठमाडौं – बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।

    नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीहरुलाई अनुरोध गरेको हो ।

    पालिकाले स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन पनि सबै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो ।

    स्थानीय उत्पादनको प्रबद्र्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

    निर्णय अवेज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिइएको छ ।

    नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूल खेतीमा आकर्षित गरी आम्दानीको स्रोत सुनिश्चित गर्न आयातित प्लास्टिकजन्य सामग्री निषेध गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images