काठमाडौं – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकै रहेको जस्ताको ट्रसमा गुरुङ मृत अवस्थामा फेला परेका थिए । बिहान हिँड्न निस्किएका एक व्यक्तिले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















