images
images
  • इरानको धम्कीपछि अमेरिकाले हटायो बेलायतको दोस्रो सैन्य हवाई अड्डाबाट आफ्ना विमान

    काठमाडौं– इरानबाट सुरक्षा खतरा उत्पन्न भएपछि अमेरिकी सेनाले बेलायतस्थित दोस्रो हवाई सैन्य अड्डाबाट आफ्ना विमानहरू हटाएको छ । द वाल स्ट्रिट जर्नलले घटनाबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो ।

    यसअघि केही साताअघि इरानसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको सुरक्षा घटनापछि आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट अमेरिकी बमवर्षक विमानहरू हटाइएको थियो ।

    समाचारअनुसार बेलायतस्थित आरएएफ मिल्डेनहल हवाई अड्डामा रहेका अमेरिकी सेनाका दुईवटा इन्धन भर्ने विमानलाई बिहानै जर्मनीतर्फ पठाइएको थियो । त्यसपछि दिनको अन्य समयमा उक्त हवाई अड्डामा रहेका थप इन्धन भर्ने विमानहरू पनि जर्मनी र अन्य स्थानमा सारिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

    यस विषयमा बेलायतको रक्षा मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी अन्य राष्ट्रका सैन्य गतिविधिबारे नियमित रूपमा टिप्पणी गर्दैनौं । सैन्य आवश्यकताअनुसार विमान तथा अन्य सैन्य सामग्रीहरू नियमित रूपमा एक स्थानबाट अर्को स्थानमा सारिने गर्छन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images